ईश्वर पोखरेललाई रक्षाबाट हटाएर मन्त्रिपरिषद् पुनर्गठन, अर्थको जिम्मा विष्णु पौडेललाई, आज शपथ ग्रहण

असोज २९ । हिजो भएको मन्त्रिपरिषद पुनगर्ठनमा भित्रिएका नयाँ मन्त्रिहरुको आज शथपह ग्रहण हुने भएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेललाई ल्याइएको छ । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा , सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आउनुभएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई प्रदान गरिएको छ । सहरी विकासमा भने कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपाल भने यसमा असहमति जनाउनुभएको छ । नयाँ जिम्मेवारी पाउनुभएका मन्त्रीहरुको शपथ कार्यक्रम आज बिहान साढे ११ बजेका लागि शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: