सामाजिक सुरक्षा भत्ता नरोक्न महिला मन्त्रालयले पठायो पत्र

असोज १९ । पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रोकेपछि विभिन्न दबाबमुलक कार्यक्रम पछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत चैतदेखि एकल महिला र अतिअशक्तको सामाजिक सुरक्षा भत्ता कटौती भएको पाइएपछि निरन्तरता सहित तत्काल व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

आर्थिक वर्ष २०७७र७८ को बजेट वक्तव्यमा समेत हाल सम्म दिइँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले निरन्तरता हुने व्यवस्था मिलाउन पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ ।

गत चैतदेखि एकल र अतिअशक्त अपाङ्गता भएका व्यक्ति÷वर्गको सामाजिक सुरक्षा भत्ता कटौती भएको भनी राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले महिला मन्त्रालयमा निवेदन दिएपछि सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: