२० वर्ष पुरानो कर्तब्य ज्यान मुद्दाका फरार पक्राउ

बेनी, । म्याग्दीमा प्रहरीले २० वर्षअघिको कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

धवलागिरी गाउपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेर म्याग्दी जिल्ला अदालत पेश गरि अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घर्ति समेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरि हत्या गरेको मुद्दामा जिल्ला अदालत म्याग्दीले २० वर्ष (जन्मकैद)को सजाय हुने फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले आइतबार दरबाट पक्राउ गरेका घर्तिलाई अदालतमा पेश गरि सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरका अनुसार फरार पक्राउ अभियान अन्तरगत पछिल्लो २ महिनामा कर्तब्य ज्यान, डाँका चोरी, लागु औषध लगायतका मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ ।

दोषी ठहर गरेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पिडितले न्यायको अनुभूति गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: