कलाकार सुवेदीलाई सहयोग

बेनी, ६ भदौ । म्याग्दीका हास्यकलाकार बाबुराम सुवेदी (तिरे)लाई आर्थिक सहयोग प्राप्त भएको छ ।
बेनी बजारका शंकर पौडेलले सुवेदीलाई पाँच हजार १०० रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । जिर्ण अवस्थामा रहेको घर पुननिर्माणका लागि सहयोग गरेको पौडेलले बताउनुभयो ।

बेनी नगरपालिका–६ का सुवेदीको घरमा वृद्ध बुवाआमा र तीन छोराछोरी छन् । कमजोर आर्थिक अवस्था भएका सुवेदी मानसिक बिरामी भएपछि आर्थिक संकलन गरेर उपचार गरिएको थियो ।

उपचार पछि सुवेदी पुन कलाकारिता क्षेत्रमा फर्किएका छन् । धु्रब जिसीको हास्य टेलिशृङखला साइको टक्कमा सुवेदी मुख्य पात्रको भूमिकामा देखिएका छन् । सो टेलिशृङखलामा भारतीय सेनाबाट सेवा निवृत हुनुभएका पौडेल पनि आवद्ध हुनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: