समुदाय स्तरमा कोरोनाको अवस्था पहिचान गर्न गाउँ गाउँमा पुगेर स्वाब संकलन

बेनी, । म्याग्दीमा समुदाय स्तरमा कोरोना (भाइरस)को अवस्था पहिचान गर्न गाउँ गाउँमा पुगेर स्वाब संकलन गर्न थालिएको छ ।

अघिल्लो शुक्रबारदेखि सक्रिय संक्रमित नभएको म्याग्दीका स्थानीय तहको केन्द्र तथा बजार क्षेत्रमा पनि समुदायको पिसिआर बिधिबाट कोरोनाको परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ ।

बढी जनसम्पर्क हुने र आवत जावत गरिरहने सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, ब्यापारी, बैकका कर्मचारीहरुको प्रतिनिधिमुलक स्वाब लिएर परिक्षण भैरहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि बेनी, दरवाङ, बाबियाचौरमा पुगेर स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । कन्ट्याक्ट टे«सिङमा परेका रघुगंगा गाउपालिकाको भगवति र पिप्लेका समुदाय स्तरका व्यक्तिहरुलाई पनि बेनीमा बोलाएर स्वाब नमुना संकलन भएको थियो ।
हालसम्म समुदाय स्तरबाट संकलित स्वाबको नमुनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शनिबार अन्नपूर्ण गाउपालिकाको केन्द्र पोखरेबगरमा स्वास्थ्य कार्यालय र बेनी अस्पतालको टोलीले २२ जनाको स्वाबको नमुना संकलन गरेको गाउपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

म्याग्दीबाट हालसम्म एक हजार १३१ वटा स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पोखराको प्रयोगशालामा पठाइएको छ । ३१ वटा नमुनाको नतिजा आउन बाँकी छ । विदेशबाट आएर क्वारेन्टिनमा बसेका ४८ जनामा कोरोना पुष्टि भएको थियो ।

संक्रमित सबै आइसोलेशनमा उपचार पछि निको भएर घर गएका छन् । म्याग्दीलाई कोरोनाबाट सुरक्षित गराउन अत्यावश्यक बाहेकका काममा अन्तरजिल्ला आवत जावत बन्द, संक्रमण फैलिएका जिल्ला र विदेशबाट आउनेलाई क्वारेन्टिनममा राखेर परिक्षण गरेर मात्र घर पठाउने नीति लिइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: