बेनपा–६ का पहिरो पिडितलाई कपडा सहयोग

बेनी, ८ साउन । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बिहीबार बेनी नगरपालिका–६ को विभिन्न ठाउँका पहिरो पिडितहरुलाई कपडा सहयोग गरेको छ ।

हालैको पहिरो र बाढीले घरबास गुमाएका वडा भित्रका पाँच परिवारलाई एक÷एक सेट विस्तारा र १४ जनालाई एक÷एक सेट लगाउने कपडा सहयोग गरेका हुन् । वडा अध्यक्ष कृष्णसिंह बानिया मार्फत पिडितलाई कपडा हस्तान्तरण गरिएको थियो ।

कपडा तथा फेन्सी ब्यवसायी समितिका अध्यक्ष रवी शर्मा, उपाध्यक्ष तुलसीनाथ सुवेदी (रामप्रसाद), सचिव दामोदर शर्मा, कोषाध्यक्ष राजु सुवेदी, सहसचिव देवीप्रसाद शर्मा, सदस्य रमेश चापागाई, भिमकुमारी भण्डारी, तारासिंह बुढाथोकी र इन्द्र सुवेदीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

समितिले यसअघि गत आइतबार जिल्ला प्रशासन कार्यालयलाई धवलागिरी र मालिका गाउपालिकाका पहिरो पिडितलाई चार लाख पचास हजार रुपैयाँ मूल्य बराबरको जिन्सी (कपडा) उपलब्ध गराएका थिए ।

ब्यवसायीहरुबाट संकलन गरेर लत्ताकपडा सहयोग गरेका हुन् । यसअघि गत मंसिरमा बेनी नगरपालिका भित्रका ७५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको समितिले जनाएको छ । आगामी दिनमा पनि पिडितहरु सम्पर्कमा आएमा सहयोग गर्ने समितिका पदाधीकारीहरुले बताएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: