म्याग्दीको बिनाशकारी पहिरोको बेदना गित र म्युजिक भिडियोमा

बेनी, ८ साउन । म्याग्दीको धवलागिरी र मालिका गाउपालिकामा गएको पहिरो सम्बन्धी गित र म्युजिक भिडियो बिहीबार बेनीमा सार्वजनिक भएको छ ।

मराङ, बिम, ताकम, देविस्थान, ठाडाखानी, दानाको काभ्रे लगायतका ठाउँमा गएको पहिरोले गरेको मानवीय र भौतिक क्षति, पहिरो पिडितको अवस्था र आवश्यकताका विषयलाई समेटेर गित बनाइएको हो ।

ताकमका रमेश पौडेल, कलाकार अमित विश्वकर्मा र रवी कार्कीको शब्द रहेको गितमा विश्वकर्मा र कार्कीको स्वर छ । स्थानीय स्तरमा उपलब्ध प्रबिधि र साधनको उपभोग गरेर तयार पारिएको गितको म्युजिक भिडियोमा पहिरो प्रभावित बस्तिको अवस्था, राहत र पुनस्थापनाका लागि भएका पहलका विषयलाई समेटिएको छ ।

बियोगान्त शैलिको गित र म्युजिक भिडीयोमा पहिरो पिडितको पिडा, दुख, त्यहाँको बस्तुअवस्थाका विषयमा प्रस्तुत गर्न खोजीएको छ । नविन बानियाको बासुरी, बिष्णु रिजालको सारङ्गी बाधन रहेको गितको भिडियो नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टरका कृष्णराज पौडेलले गर्नुभएको हो ।

पौडेल र सन्तोष गौतमले संकलन गरेका दृष्यका साथै पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि गएकाहरुले खिचेर सामाजिक सञ्जालमा राखेका तस्बिर संकलन गरेर गितको म्युजिक भिडियो तयार पारिएको हो ।

गित सार्वजनिक गर्नुहुदै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी र धवलागिरी गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले विपद्को डिजिटल अभिलेखिकरण, बस्तुअवस्था बुझ्न र पिडितको राहत तथा ब्यवस्थापनका लागि सहयोग जुटाउन गित र म्युजिक भिडियोले सहयोग गर्ने बताउनुभयो ।

पछिल्लो १५ दिनयता म्याग्दीमा पहिरो र बाढीका कारण २९ जनाको मृत्यु र पाँच जना वेपत्ता भएका छन् । सँयौ परिवार घरबार बिहिन भएका छन् । पहिरोको जोखिमका कारण ठूलो संख्यामा विस्थापित भएका छन् ।

सडक, खानेपानी, विद्युत, स्वास्थ्य चौकी, वडा कार्यालय, विद्यालय भवन, झोलुङ्गे पुल, सिचाई आयोजना लगायतका सार्वजनिक सम्पतिमा क्षति पुगेको छ । धवलागिरी गाउपालिकामा मात्र २३ वटा घर पहिरोले बगाएको छ । मराङका २२६ र ताकमका १४६ घर पहिरोको जोखिममा रहेका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

खाली घर, सार्वजनिक भवन र विद्यालयमा राखिएका पहिरो पिडितहरुको ब्यवस्थापनका लागि धवलागिरी र मालिका गाउपालिकाले छुट्टा छुट्टै खाता खोलेर समुदाय स्तरबाट सहयोगको अपिल गरेका छन् ।

 

यसैबीच धवलागिरी गाउपालिकाले पहिरोमा परेर ज्यान गुमाएकालाई किरिया खर्च उपलब्ध गराएको छ । ९ वटा परिवारलाई पहिलो चरणमा किरिया खर्च वापत दश÷दश हजार रुपैयाँ उपलब्ध गराएको हो । मराङका पहिरो पिडितहरुलाई गाउपालिकाका अध्यक्ष थमसरा पुन र वडा अध्यक्ष राजाराम सुवेदीले किरिया खर्च उपलब्ध गराउनुभएको थियो ।

संघीय, प्रदेश सरकार र गाउपालिकाको राहत पिडितको पूर्ण विवरण संकलन र वर्गीकरण सकिएपछि वितरण गरिने जनाइएको छ । भौगोलिक विकटता, सडक, विद्युत र सञ्चार सेवामा भएका अवरोधका कारण पहिरो पिडितको व्यवस्थापनमा समस्या भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: