म्याग्दीको पहिरोमा मृतकको संख्या २७ पुग्यो

बेनी, २७ असार । म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ ।

वेपत्ता भएका तीन जना जिवितै सम्पर्कमा आएका छन । चार जना अझै वेपत्ता छन् । धवलागिरी–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको डिएसपी किरनजंग कुँवरले बताउनुभयो ।

उहाका अनुसार धवलागिरी–६ मराङ्गका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरा मति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ ।

मालिका–७ विमकी बिष्णु पौडेल, ईच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, निशा नेपाली, बिष्णु नेपाली, सन्दिप नेपालीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो ।

मराङको रिखको पहिरोमा वेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जिवितै सम्पर्कमा आएका छन् । पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरी–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा वेपत्ता भएकी मालिका–६ की गिता रोका भेटिएका छैनन् ।

प्रहरीका अनुसार पहिरोको जोखिममा रहेका धवलागिरी गाउपालिकाका ५९०, मालिकाका १९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्दार गरिएकोमा ७ जनाको बेनी अस्पताल, १ जनाको काठमाडौ र ४ जनाको मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: