ज्याला वापत पाएको रकम मृगौला पिडितलाई सहयोग

बेनी, २६ असार । जलजला गाउपालिकाको वारीबेनीका युवाहरुले ज्याला वापत पाएको रकम शुक्रबार मृगौला पिडितलाई सहयोग गरेका छन् ।

वारीबेनीको खेलमैदानमा सार्वजनिक शौचालय निर्माणमा परिचालन भएका नव उत्साही समूहका सदस्यहरुले ज्याला वापत पाएको रकमबाट १५ हजार रुपैयाँ मृगौला पिडित भिमसेन घर्तीको उपचारका लागि सहयोग गरेका हुन् ।

समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले परिवारका आफन्तलाई रकम हस्तान्तरण गर्नुभएको थियो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत खेलमैदान परिसरमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

क्लवका सदस्यहरुले ज्याला वापत प्राप्त गरेको रकमबाट सहयोग गरेका हुन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: