पहिरोमा वेपत्ताको खोजि, राहत र पुनस्थापनामा सांसद केसीद्धारा ध्यानाकर्षण

बेनी, २६ असार । गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले म्याग्दीको मराङ र बिममा शुक्रबार बिहान गएको पहिरोमा वेपत्ता भएकाको खोजी, राहत र पुनस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा सांसद केसीले पहिरोमा वेपत्ताहरुको जति सक्दो छिटो खोजी गर्न सुरक्षाकर्मी परिचालनमा ध्यानाकर्षण गराउनुभयो । पहिरोमा फसेकाहरुको तत्काल उद्धार गर्न माग गर्नुभयो । राहुघाटमा बाढीले बगाएको बेलिब्रिज नजिकैको निर्माणाधिन पक्कि पुल छिटो सक्न लगाउन माग गर्नुभयो ।

मृतकका परिवारलाई राहतका साथै घरबास गुमाएका र जोखिममा परेकाहरुको लागि पुनस्थापनाको योजना ल्याउन माग गर्नुभयो । सांसद केसीले पहिरोले पु¥याएको क्षत्तिप्रति दुख व्यक्त गर्नुभएको छ ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका संयोजक गोविन्द पौडेल र सचिव हरिकृष्ण श्रेष्ठले विक्षप्ति जारी गरेर बाढी पहिरोले पु¥याएको क्षतिप्रति दुख व्यक्त गर्दै, थप क्षति हुन नदिन सतर्कता अपनाउन, वेपत्ताको खोजी, फसेकाको उद्दार र पुर्नवासको लागि पहल गर्न अनुरोध गर्नुभएको छ ।

पहिरो पिडितहरुको उद्धारमा खटिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । म्याग्दीको धवलागिरी गाउपालिकाको मराङ, बिममा पहिरोमा पुरिएर, दुखु खोला र ठाडाखानीको खोलाले बगाएर ३१ जना वेपत्ता र तीन जनाको मृत्यु भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: