होटल ब्यवसायीको १६ बुदे माग

बेनी, २१ असार । म्याग्दी होटल तथा रेष्टुरेष्ट संघले विभिन्न १६ बुदे माग सहित आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

कोरोना भाइरसको जोखिम र लकडाउनका कारण होटल तथा रेष्टुरेष्ट ब्यवसायमा सिर्जित समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र पठाएको हो । संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)को नेतृत्वमा प्रशासनमा पुगेका ब्यवसायीहरुको टोलीले प्रजिअ ज्ञाननाथ ढकाललाई ज्ञापनपत्र बुझाएको थियो ।

होटल तथा रेष्टुरेष्ट ब्यवसायीलाई लकडाउन अवधिभरको घरभाडामा पूर्ण छुट, संक्रमण रहुञ्जेलसम्म ५० देखि १०० प्रतिशत छुट, घरधनीलाई पनि राहत पुग्ने गरि घरबाहाल करमा छुट, बैंक कर्जा भुक्तानी अवधिमा थप, बिजुली, पानी र सञ्चार महशुलमा एक वर्षका लागि सहुलियत, कर छुट, सफ्ट लोनको ब्यवस्था गर्न माग गरेका छन् ।

होटेलका क्वारेन्टिनमा बस्न चाहनेलाई सो सुबिधा दिनुपर्ने, बेरोजगार भएका मजदुरका लागि बैकल्पिक ब्यवसाय गर्न तालिमको ब्यवस्था गर्न माग गरेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि राज्यले लिने नीति कार्यान्वयनमा सघाउने जनाएका छन् ।

कोरोनाका कारण म्याग्दीका ५०० होटल तथा रेष्टुरेष्टमा कार्यरत दुई हजार मजदुर प्रभावित भएका संघका सचिव निलप्रकाश थापा (सरोज)ले बताउनुभयो ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: