म्याग्दीका तीन जना कोरोना जितेर घर गए

बेनी, १४ असार । म्याग्दीका तीन जनाले कोरोना (भाइरस)लाई जितेर आइतबार घर गएका छन् ।

बेनीको खुल्ला मञ्चमा सञ्चालित आइसोलेशनमा रहेका मंगला गाउपालिका–५, मालिका गाउपालिका–३ र बेनी नगरपालिका–३ का एक÷एक जना डिस्चार्ज भएका हुन् ।

उनिहरुको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उनिहरु तीनै जना पुरुष हुन् ।

मालिकाका युवा असार ५ गते युएईबाट आएर क्वारेन्टिनमा बसेका थिए । बेनी र मंगलाका जेठ २७ गते भारतबाट आएका हुन् । आइसोलेशनमा रहेकी रघुगंगा गाउपालिकाकी एक महिलाको पनि दोस्रो रिपोर्ट नेगेटिभ आएपनि उनिको साथमा रहेकी छोरीको रिपोर्ट पोजेटिभ आएकाले उनलाई डिस्चार्ज गरिएको छैन् ।

बेनीको आइसोलेशनमा ९ जना छन् । १४ जनामा संक्रमण पुष्टि भएकोमा हालसम्म छ जना निको भएका छन् । यसअघि गत हप्ता दूई जना कोरोना जितेर घर गएका थिए ।

कोरोना जितेर घर जान लागेका तीनै जनालाई स्वास्थ्य कार्यालयका प्रमुख लम्साल, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, डाक्टर अमृत अधिकारी, रबिकान्त झा, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सुरत केसी, दिपक पौडेलले बिदाई गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले घरमा गएपनि एक हप्तासम्म अलग्गै बस्न, भौतिक दुरि कायम गर्न तथा सरसफाईमा ध्यान दिन, स्वास्थ्यमा समस्या आएमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

कोरोना पोजेटिभ भएएपनि आफूहरुलाई कुनै लक्ष्यण नभएको उनिहरुले बताएका छन् । आत्मबल, स्वस्थ्य खानपान, आरामले कोरोना जित्न सकिने अनुभव सुनाएका थिए । चिकित्सक, स्वास्थ्यकमी र व्यवस्थापनमा खटिएकालाई धन्यवाद दिएका थिए । क्वारेन्टिन र आइसोलेशनको ब्यवस्थापन राम्रो भएपनि खाना खुवाउने क्यान्टिनप्रति गुनासो गरे ।

आफूहरुलाई समाजले राम्रो ब्यवहार गरोस भन्ने अपेक्षा राखेका छन् । दुरब्यवहार नगर्न आग्रह गरे । अब बिदेश नगएर गाउँमै खेतिकिसानी गर्ने बताए । उनिहरुले प्रबिधि, पुजि, सिप र बजारीकरणमा सहयोग गर्न सरकारसँग अपेक्षा व्यक्त गरेका छन् । वाइट

Leave a Reply

Scroll to Top
%d bloggers like this: