बजेट जति सकडमा, जनप्रतिनिधिनै घोडामा

पोखरेबगर, १२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ का लागि सडक, भवन, खेलमैदान, खानेपानी लगायत पूर्वाधारमा चार करोड ६२ लाख ७० हजार रुपैयाँ बिनियोजन गरेको थियो ।

हिउदे अधिवेशनमा संसोधन गरिएको सहित सडकको नयाँ ट्याक निर्माण गर्न र स्तरोन्नती गर्न बिनियोजन भएको तीन करोड हाराहारीको बजेट मध्य दुई करोड खर्च भएको कर्मचारी बताउँछन् ।

आगामी आर्थिक वर्षका लागि पुजिगत शिर्षकमा १३ करोड ३६ लाख रुपैयाँको बजेट पारित गरेको आइतबार सकिएको ११ औ गाउँसभाले सडकका लागि मात्रै सबैभन्दा बढी एक करोड ६७ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

प्रदेश र संघीय सरकारले सञ्चालन गर्ने साझेदारीका लागि बिनियोजित एक करोड ५० लाख रुपैयाँ बजेटको धेरै हिस्सा पनि सडकमै खर्च गर्न प्रस्ताव गरिएको छ ।

सडक निर्माण र स्तरोन्नितिका लागि बर्षैनी प्राथमिकताका साथ बजेट बिनियोजन गर्ने जनप्रतिनिधिहरुनै गाउँसभामा भाग लिन पैदल र घोडा चढेर पालिकाको केन्द्र पोखरेबगर आएका थिए ।

अन्नपूर्ण–५ का वडा सदस्य धनबहादुर पाइजा बर्खासँगै पहिरोले सडक अवरुद्ध भएपछि परम्परागत यातायातको साधन घोडा चढ्न बाध्य भएको बताउनुभयो ।

राम्चे, हिस्तान, शिख, घारका जनप्रतिनिधिहरु पैदलै हिडेर गाउपालिकामा पुगेका थिए । ‘बाह्ै महिना गाडी चलाएर जनतालाई सुबिधा दिलाउने उद्देश्यले सडकमा बजेट खनाएकै छौ,’ पाइजाले भन्नुभयो ‘बर्खा लागेपछि पैदल र घोडाको विकल्न हुदैन् ।’

उपभोक्ता समिति, प्राबिधिक र ठेकेदारले डोजर चलाएर पहाड भत्काउने मात्र काम गरेकाले सडकमा भएको लगानीको प्रतिफल नआएको हिस्तानका वडा सदस्य हर्कमान पुनले गुनासो गर्नुभयो । बर्खा लागेसँगै म्याग्दीका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् ।

नाली बनाउने, सोलीङ, ढलान गर्ने, ग्यावीयन पर्खाल लगाउन, घुम्ती तथा ग्रेड सुधार गर्ने र फराकीलो बनाउने भन्दा पनि जथाभावी डोजर चलाउने प्रवृतिका कारण स्थानीय तहले सडकमा गरेको लगानीको प्रतिफल न्युन देखिएको छ ।

जथाभावी डोजर चलाउँदा पहिरो र कटानको समस्या बढेको छ । डोजरको नाममा हुने खर्चले कमिसन र भ्रष्ट्राचार मौलाएको तथ्य सार्वजनिक भैरहेका छन् । मजदुरको रोजीरोटी गुमेको छ । वातावरणको बिनास भएको छ ।

जेठ अन्तिम साता रघुगंगा–६ कोटगाउँमा सडकबाट आएको रेलोले पुरेर बजे नातिनीको ज्यान गएको थियो । बिरलै मात्र ठाउँमा स्थानीय मजदुर परिचालन गरेर वातावरणमैत्री हिसाबले सडक निर्माण र स्तरोन्नति गरेका उदाहरण छन् ।

मापदण्ड भन्दा बढी उकालो, घुम्ति नमिलेको र साँघुरो सडकका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफ्कि प्रहरी बताउछन् । असार देखि बन्द हुने अधिकांश ग्रामिण सडक कात्तिक लागेपछि मात्र खुल्छन् । महँगो भाडादरका कारण नागरिक मर्कामा परेका छन् ।

जनताको माग अनुसार सडकमा प्राथमिकता दिएर बजेट बिनियोजन गरिएपनि लगानीको प्रतिफलबाट सन्तुष्ट नभएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । ‘डोजरमा चलखेल हुन नदिन प्रतिस्पर्धाबाट भाडामा लिने नीति र दररेट सेमत बनाएका छौ,’ उहाले भन्नुभयो ‘नयाँ ट्याक खोल्ने भन्दा पनि पुरानालाई सुधार गर्दै लैजाने हो ।’

मालिका गाउपालिकाले आगामी वर्ष देखि सडकमा बिनियोजित बजेटको साठी प्रतिशत कटिङ र चालीस प्रतिशत नाली, पर्खाल लगायत संरचनामा खर्च गर्ने नीति पारित गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: