म्याग्दीका यातायात व्यवसायीलाई राहत

बेनी, ५ असार । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली.ले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित भएका आफ्ना सदस्य यातायात ब्यवसायीहरुलाई राहत उपलब्ध गराउने भएको छ ।

साविकको म्याग्दी जिप तथा बस सञ्चालक समिति रुपान्तरण भएर बनेको कम्पनीका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको कम्पनीको बैठकले ब्यवसायीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रति व्यवसायी सात हजार पाँच सय रुपैयाँका दरले राहत उपलब्ध गराउन लागिएको कम्पनीका सचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो । सो कम्पनी अन्तरगत १९० जना ब्यवसायी आवद्ध छन् ।

लकडाउनका कारण सार्वजनिक यातायात सेवा ठप्प भएको र सरकारले राहतको कुनै प्याकेज नलाएकाले कम्पनीले आफ्नै स्रोतबाट राहतको ब्यवस्था गर्ने निर्णय गरेको सचिव श्रेष्ठले बताउनुभयो ।

कम्पनीले म्याग्दीको ग्रामिण क्षेत्रका साथै देशका विभिन्न ठाउँमा लामो दुरिमा बस सेवा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: