अक्करे पहाड छिचोलेर धवलागिरीको मुदीमा सडक पुग्यो

बेनी, ३ जेठ ।

म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउपालिकाको वडा न. ४ मुदी सडक सञ्जालमा जोडिएको छ ।

छिमेकी वडा मुनाको फलियागाउँ देखि दर हुदै सिमवाङमा पुगेको सडक विस्तार गरेर मुदी पु¥याउने काम यसै हप्ता सकिएको हो । दुर्गम गाउँलाई विकासको प्रमुख आधार सडकले जोडिएको धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

मुदीमा सडक पु¥याउने धवलागिरी गाउपालिकाको गौरवको आयोजना हो । अक्करे पहाड छिचोलेर मुदीमा सडक पु¥याइएको हो । गाउँमा सडक पुगेकोमा मुदीबासीले बाजा बगाएर खुसीयाली मनाएका छन् । गाउपालिकाले चालू आर्थिक वर्षमा बिनियोजन गरेको पचास लाख रुपैयाँ बजेटबाट ठेक्का मार्फत मुदीमा सडक पु¥याइएको हो । गत चैत महिनामा थापा निर्माण सेवाले ४५ लाख चालीस हजार ९३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि बिजय घर्तीले कोरोनाको जोखिम र लकडाउनको असहज परिस्थितिका बावजुद स्थानीय मजदुर र एक्साभेटर परिचालन गरेर सडक निर्माण गरिएको बताउनुभयो ।

६ मिटर फराकिलो एक किलोमिटर तीन सय मिटर नयाँ ट्याक खन्ने र पहिले खनिएको ठाउँमा ग्रेड सुधारका साथै फराकीलो बनाउन ठेक्का लगाइएको थियो । मुदीसम्म सडकको ट्याक खोलेर गाडी पुगेपनि फराकीलो र ग्रेड सुधारको काम भैरहेको धवलागिरी गाउपालिकाका इञ्जिनियर सोविन जिसीले बताउनुभयो ।

सडकले जोडिएपछि मुदीमा जिप, ट्याक्टर र मोटरसाइकल पुग्न थालेका छन् । स्थानीयबासीमा खुसीयाली छाएको छ । पैदल हिडेर मुना देखि मुदी पुग्न दुई घण्टा पैदल हिड्नुपर्ने थियो । सडक पुगेपछि दुई घण्टाको बाटो बिस मिनेटमा छोटिएको छ ।

आवत जावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी तथा गाउँमा उत्पादित कृषि तथा पशुजन्य बस्तु ढुवानी गर्न सहज हुने मुदीका दलमान पुनले बताउनुभयो । यो सडकबाट मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोशका करिब एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ ।

वि.स. २०७३ मा धवलागिरी गाउपालिकाको केन्द्र मुनाको फलीगाउँदेखि मुदी जोड्ने सडक निर्माण सुरु भएको थियो । पहिलो वर्ष जिविसको ४२ लाख र राष्ट्रिय योजना आयोगबाट रकमान्तर भएर आएको को ४० लाख रुपैयाँबाट तीन किलोमिटर सडक निर्माण भएको थियो ।

२०७४ मा धवलागिरी गाउपालिकाले बिनियोजन गरेको ९० लाख रुपैयाँबाट सिमबाङको फाटसम्म सडक पु¥याइएको थियो । २०७५ मा गाउपालिकाले ८० लाख र स्थानीय पूर्वाधार कार्यक्रम मार्फत २३ लाख बिनियोजन भएकोमा गाउपालिकाले बिनियोजन गरेको ६५ लाख रुपैयाँ मात्र खर्च भएको थियो ।

सडक निर्माणका क्रममा गत वर्ष पहिरो खसेर डोजर पुरिदा मुदीका एक युवाको ज्यान गएको थियो । मुदी जोड्ने सडकमा बाह्ै महिना सवारी साधन सञ्चालनका लागि दरखोलामा मोटरेबल पुल आगामी वर्षका लागि बजेट बिनियोजन भएको सांसद भुपेन्द्र थापाले बताउनुभयो ।

७ वटा वडा रहेको धवलागिरी गाउपालिकाको वडा न. ५ मल्कवाङमा पनि गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय मार्फत यसै वर्ष सडक पु¥याउने तयारी भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो ।

वडा न. २ मा पर्ने खोरीयाको भुगोलमा सडक खनेपनि महतलाको भिर ट्याक खन्न बाँकी भएकाले यातायात सञ्चालन हुन सकेको छैन् । खोरीया र लमसुङ तथा लुलाङका बासिन्दाबीच कताबाट सडक खन्ने भन्ने विषयमा बिवाद हुँदा दुई करोड रुपैयाँ बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।

मराङ, ताकम र मुनामा यसअघिनै सडक पुगेको थियो । वडा न. १ गुर्जामा यस वर्ष गाउपालिकाले बिनियोजन गरेको चालीस लाख रुपैयाँबाट आन्तरिक सडक खनिएको वडा अध्यक्ष झक छन्त्यालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: