जन्मदिनको अवसरमा सामाजिक काममा सहयोग

बेनी, २८ जेठ । म्याग्दीका एक युवाले जन्मदिनको अवसर पारेर सामाजिक काम र संस्थालाई सहयोग गर्नुभएको छ ।

जन्मदिन मनाउने बाहनामा गरिने फजुल खर्च कटौति गर्दै रघुगंगा गाउपालिका–२ भगवतीका हरि भण्डारीले बुधबार सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको हो ।

भण्डारीले जन्मदिनको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ७ हजार रुपैया सहयोग गरेर आजिवन सदस्यता लिनुभएको छ । कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

अध्यक्ष शाक्यले धन्यबाद सहित भण्डारीलाई कोषको आजिवन सदस्यता उपलब्ध गराउनुभएको थियो । यसैिबच सहयोगदाता भण्डारीले बेनी नगरपालिका–६ अथुङ्गेका सुकुम्बासी पुर्णबहादुर भण्डारीको घर निर्माणका लागि ११ हजार रुपैया सहयोग गर्नुभएको हो ।

बेनीको हरि अटो पार्टस्का सञ्चालक भण्डारी म्याग्दी जेसीजको कार्यकारीणी उपाध्यक्ष र नेकपा रघुगंगा गाउपालिका कमिटिका सचिव हुनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: