म्याग्दीका स्थानीय तहलाई एक अरब करोड ७७ लाख अनुदान

बेनी, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि म्याग्दीका छ वटा स्थानीय तहहरुलाई एक अरब ७७ करोड ३९ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार स्थानीय तह र प्रदेश सरकारलाई दिने अनुदानको विवरण सार्वजनिक गरेको हो । समानीकरणमा ५१ करोड ५१ लाख, शसर्तमा एक अरब १६ करोड २८ लाख, विशेषमा पाँच करोड ५३ लाख र चार करोड सात लाख रुपैयाँ समपुरक अनुदान दिने भएको छ ।

बेनी नगरपालिकाले समानीकरण १२ करोड चार लाख, शसर्ततर्फ २८ करोड १२ लाख, बिशेष तर्फ एक करोड ३० लाख र समपुरक अनुदानमा एक करोड १२ लाख रुपैयाँ गरि कुल ४२ करोड ५८ लाख रुपैयाँ पाउने भएको छ ।

अन्नपूर्ण गाउपालिकाले २७ करोड ८५ लाख, धवलागिरीले २४ करोड ४२ लाख, मंगला गाउपालिकाले २९ करोड ४१ लाख, मालिका गाउपालिकाले २६ करोड २८ लाख र रघुगंगा गाउपालिकाले २६ करोड ८५ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाले समानीकरणमा सात करोड ४३ लाख, सशर्तमा बीस करोड ४९ लाख गरि कुल २७ करोड ८५ लाख रुपैयाँ अनुदान पाउनेछ् । धवलागिरी गाउपालिकाले समानीकरणमा सात करोड ४९ लाख, सशर्तमा बीस करोड ४२ लाख र बिशेषमा ३८ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

मंगला गाउपालिकाले समानीकरण तर्फ आठ करोड दुई लाख, शसर्त तर्फ १८ करोड १२ लाख, विशेषमा एक करोड र समपुरकमा एक करोड ६७ लाख रुपैयाँ अनुदान पाउने भएको छ । मालिका गाउपालिकाले समानीकरणमा आठ करोड ५९ लाख, सशर्तमा १६ करोड तीन लाख, बिशेषमा ३८ लाख र समपुरकमा एक करोड २८ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

रघुगंगा गाउपालिकाले समानीकरणमा सात करोड ९४ लाख, सशर्तमा सत्र करोड ९१ लाख, बिशेषमा एक करोड रुपैयाँ अनुदान पाएको छ । संघीय सरकारसंगको साझेदारीमा सञ्चालन गर्ने योजना पेश नगरेका कारण अन्नपूर्ण, रघुगंगा र धवलागिरी गाउपालिकाले समपुरक अनुदान गुमाएका छन् । अन्नपूर्ण गाउपािलकाले बिशेष अनुदान पनि गुमाएको छ ।

संघीय र प्रदेश सरकारको अनुदान, आन्तरिक आयस्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसकेर बचत भएको बजेटलाई समावेश गरेर स्थानीय तहहरुले आगामी असारमा बजेट सार्वजनिक गर्नेछन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: