गर्जरामा सडक पुराउन स्थानीयबासी श्रमदानमा जुटे

बेनी, ९ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ गर्जरा गाउँमा मजदुर परिचालन गरेर सडक निर्माण थालिएको छ ।

कोरोना (भाइरस) रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमेर गाउँ फर्कीएका गर्जराबासी सडक खन्न थालेका हुन् ।

डोजर प्रयोग गर्दा पहिरोको जोखिम भएकाले बाउसो, गैची, बेल्चा, गल र धन लगायत घरेलु औजार तथा स्थानीय मजदुर परिचालन गरेर सडक बनाउन लागेको उपभोक्ता समितिका अध्यक्ष गिरीप्रसाद बोहोराले बताउनुभयो ।

‘लकडाउनमा घरमै बसेका मजदुर र विपन्न परिवारलाई रोजगारि पनि मिल्ने तथा विपद्को जोखिम नहुने भएकाले मजदुरबाटै सडक खन्न थालेका हौ,’ उहाले भन्नुभयो ‘लकडाउनको फुर्सदको पनि सदुपयोग भएको छ । ’

दरवाङ–देविस्थान सडकको खार्ले स्थित घुम्तिबाट गर्जराको चुनाले जोड्ने सडक बनाउन मालिका गाउपालिकाले यस वर्ष तीन लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

प्राबिधिकले १०० मिटर सडक निर्माण गर्ने अनुमान गरेपनि स्थानीयबासीले २०० मिटर खन्ने तयारी गरेका छन् । ३४ घरधुरीका एक÷एक जनाले सात दिनका दरले काम गरिसकेका छन् । थप १० दिन काम गर्ने उनिहरुको योजना छ ।

सडक खन्ने बाहनामा जथाभावी डोजर प्रयोग गरेर वातावरण बिनास र प्राकृतिक विपद्को जोखिम बढीरहेको छ । गर्जराका बासिन्दाले स्थानीय प्रबिधि, सिप र जनशक्तिको परिचालन गरेर उदाहरण प्रस्तुत गरेका मालिका गाउपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।
खार्ले देखि चुनाले सम्मको दुरि एक किलोमिटर पाँच सय मिटर छ । ३४ घरधुरीको बसोबास रहेको गर्जरा गाउँमा हालसम्म सडक सुबिधा पुगेको छैन् ।

सडक नहुँदा खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि तथा पशुजन्य बस्तु ढुवानीमा खच्चर र भरियाको प्रयोग गर्दै आएका छन् । गर्जराका अधिकांश बासिन्दा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्छन् । कोरोनाको त्रास र जारी लकडाउपछि उनिहरुको नियमित रोजगारि गुमेर फुर्सदीला भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: