एम्बुलेन्स सहित कालीगण्डकीमा खसेका चालकको खोजी जारी

बेनी ५ जेठ ः म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोट स्थित सठकबाट कालीगण्डकी नदीमा खसेको एम्बुलेन्स सोमबार दिउँसो भेटिएको छ ।

आइतबार दिउँसो नदीमा खसेको एम्बुलेन्स भेटिएपनि वेपत्ता चालकको अवस्था भने अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले बेपत्ता चालकको खोजीसंगै नदीमा डुबेको एम्बुलेन्सलाई बाहिर निकाल्न लागिएको घटनास्थलमा रहनुभएका नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीले जानकारी दिनुभयो ।

लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक मुस्ताङको थासाङ गाउपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्मा वेपत्ता भएका थिए ।

बिरामी लिन बेनी तर्फ आउँदै गरेको एम्बुलेन्समा चालक मात्र थिए । दुर्घटना भएको ठाउँको नदी किनारमा फुटेका सिसा भेटिएका छन् । एम्बुलेन्सको पुरै भाग नदीभित्र डुबेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: