कालीगण्डकीमा एम्बुलेन्स खस्दा चालक वेपत्ता

बेनी४ जेठ ः बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटमा आइतबार दिउँसो भएको एम्बुलेन्स दुर्घटना हुँदा चालक वेपत्ता भएका छन् ।

लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक मुस्ताङको थासाङ गाउपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्मा वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बिरामी लिन बेनी तर्फ आउँदै गरेको एम्बुलेन्समा चालक मात्र भएका प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले जानकारी दिनुभयो । दुर्घटना भएको ठाउँको नदी किनारमा फुटेका सिसा भेटिएका छन् । एम्बुलेन्सको पुरै भाग नदीभित्र डुबेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रनाउ कुँवर लगायतका सुरक्षा अधिकारीले दुर्घटना स्थलको निरिक्षण गरेर वेपत्ता चालकको खोजीमा शसस्त्र प्रहरीको गोटाखोर बोलाउने तयारी गरेको जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: