लायन्स क्लव अफ बेनी म्याग्दीमा नयाँ नेतृत्व

बेनी, ३१ वैशाख । लायन्स क्लब अफ बेनी, म्याग्दीको मंगलबार सम्पन्न १३ औ अधिवेशनबाट वर्ष २०२०÷२१ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।

सुमन श्रेष्ठको अध्यक्षतामा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायणप्रसाद श्रेष्ठ, दृतीय उपाध्यक्षमा नारायण बराल, तृतीय उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा रामजी विश्वकर्मा, कोषाध्यक्षमा दशरथ कर्माचार्य रहनुभएको छ ।

कोरोनाको त्रास र लकडाउनपछि उपयुक्त समयमा कार्यसमितिका विभिन्न पद विभाजन, मनोनित र पदहस्तान्तरण गरिने जनाइएको छ । अध्यक्ष श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य संघका सहकोषाध्यक्षका साथै म्याग्दी जेसीजको कार्यकारीणी उपाध्यक्ष समेत हुनुहुन्छ ।

क्लवका संस्थापक अध्यक्ष तथा लायन्स क्लव ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी र डेपुटी चिप एडभाइजर सन्तोष रावलको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: