मोना दक्षिण कोरीयाद्धारा स्तनक्यासरका बिरामीको उपचारमा सहयोग

बेनी, ३१ वैशाख ः म्याग्दीका एक जना स्तनक्यान्सर रोगका बिरामीको औषधी उपचारका लागि प्रवासीबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

रघुगंगा गाउपालिका–३ रानीपौवाकी कृष्णा मल्लको उपचारका लागि प्रवासी नेपाली म्याग्देली संघ (मोना) दक्षिण कोरीयाले रु. एक लाख सत्तरी हजार सहयोग गरेको हो ।

मोना दक्षिण कोरीयाका अध्यक्ष सुनेश केसीको पहलमा संकलन गरिएको रकम मंगलबार जिल्ला प्रशासन कार्यालयमा मल्ललाई हस्तान्तरण गरिएको थियो ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको रोहबरमा केसीका दाजु दिनेश केसीले मल्ललाई रकम उपलब्ध गराउनुभएको थियो ।

३३ वर्षीया मल्लको चितवनमा रहेको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । मल्लको माइति र मोना दक्षिण कोरीयाका अध्यक्ष केसीको घर धवलागिरी गाउपालिका–७ ताकम हो ।

कोरोना भाइरसको त्रास र लकडाउनको समयमा पनि आफ्नो जन्मथलोकी चेलीलाई परेको अप्ठ्यारोमा सघाएको केसीले बताउनुभयो । मध्यम वर्गीय मल्ल परिवारलाई महँगो उपचार खर्च जुटाउन समस्या परेपछि सहयोगका लागि अपिल गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: