गौतम परिवारद्धारा एक महिनाको घरभाडा मिनाह

बेनी, ११ चैत । विश्वका करिब दुई देशमा महामारीका रुपमा फैलिएको कोभिड–१९ (नोबेल कोरोना भाइरस)को असरले भाडामा बस्नेलाई परेको समस्यालाई बेनीका एक घरधनीले घरभाडा मिनाह गर्नुभएको छ ।

कोरोना भाइरसको म्याग्दी जिल्ला लकडाउन र निषेधाज्ञा जारी भएको अवस्थालाई मध्यनजर गरी घरमा रेस्टुरेन्ट ब्यवसाय गर्ने र कोठामा बस्नेलाई घरधनी हिराकुमारी गौतमले चैत महिनाको भाडा मिनाह गर्नुभएको हो ।

कोरोना भाइरसका कारण ब्यवसायमा ठूलो मर्का परेपछि भाडावालाको समस्यालाई आत्मसात गर्दै २२ हजार रुपैयाँ भाडा मिनाह गरिएको घरधनी गौतमले बताउनुभयो । ‘हामीसँग पैसा धेरै भएर होईन,‘घरमै बस्नेहरुको समस्याले यो राहत दिएका छौ’ गौतमले भन्नुभयो । म्याग्दीमा प्रशासनले लकडाउन गरेपछि ब्यवसाय नै बन्द भएको अवस्थामा मानवताको नाताले सहयोग गरेको गौतम परिवारको भनाई छ ।

घरधनी गौतमका माइला छोरा हरिकृष्ण गौतम पत्रकार समेत हुनुहुन्छ भने जेठो छोराबुहारी अनिश, दिपा फगामी गौतम अस्टे«लियामा हुनुहुन्छ । त्यस्तै कान्छो छोरा सालिकराम र बुहारी रजिता गौतम ब्यवसाय गर्नुहुन्छ । म्याग्दीमा भाडा मिनाहा गर्ने गौतम परिवार पहिलो भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: