कोरोना रोकथाममा स्वयम सेवक परिचालन हुने

बेनी, १० चैत । म्याग्दीमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनको काममा सुरक्षाकर्मीलाई सघाउन स्वमसेवक परिचालन हुने भएका छन् ।

राष्ट्रिय युवा परिषद् जिल्ला शाखा म्याग्दी, म्याग्दी जेसिज र लायन्स क्लवका स्वमसेवकले कोरोना भाइरस रोकथामका लागि जनचेतना अभिवृद्धिसंगै नियन्त्रण र व्यवस्थापनको काममा सुरक्षा निकायलाई सहयोग गर्न लागेका हुन् ।

सुरक्षाकर्मीलाई सघाउन तयार पारिएका ६० जना भन्दा बढी स्वयमसेवकहरु सहित जिल्लाका सरोकारवालाहरुलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोमबार बेनीमा कोरोनाको कारण, लक्ष्यण, असर र बच्ने उपायको विषयमा अभिमुखीकरण गरिएको छ ।

कोरोना रोकथामका लागि प्रहरी लगायत सुरक्षा निकायलाई सघाउन व्यक्तिगत सुरक्षाका उपाय अपनाएर स्वमसेवकहरु परिचालन हुने प्रहरी नायव उपरिक्षक किरनजंग कुवरले बताउनुभयो । कोरोना भाइरसका बारेमा बेनी अस्पतालका डाक्टर रिशब खनालले सहजिकरण गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले कोरोना नियन्त्रणका लागि जिससले गरेका प्रयासको बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनको तयारीका लागि गरेको पहलको बारेमा बताउनुभयो । कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: