चौथो दिदीबहिनी कप सुरु

बेनी, ७ फागुन । जलजला गाउपालिका–३ बेनीमा बुधबारदेखि चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

महिलाहरुद्धारा कुश्मामा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सव तथा तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको राष्ट्रिय खेलकुद विकास परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुभयो ।

आयोजक रेडियो दिदीबहिनी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र न्यु डायमण्डले सहभागिता जनाएका छन् । लिगकम नगआउट सिस्टममा खेलाइने प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ् ।

उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक रेडियो दिदीबहिनीलाई फराकिलो अन्तरले सोझो तीन सेटमा पराजित गरेको थियो । पहिलो, दोस्रो र तेस्रो सेटमा न्यु डायमण्डले क्रमश ः ३, २ र ६ का विरुद्ध २५ अंकले पराजित गरेको हो ।

दोस्रो खेलमा साविक बिजेता शसस्त्र प्रहरीले सेनालाई पराजित गरेको छ । दोस्रो, चौथौ र पाँचौ सेटमा शसस्त्रले सेनालाई क्रमश ः १७ र ९ का विरुद्ध २५ तथा र ६ का विरुद्ध १५ अंकले पराजित गरेको हो ।

पहिलो र तेस्रो सेटमा सेनाले शसस्त्रलाई २१ र १९ का विरुद्ध २५ अंकले पराजित गरेको थियो । तेस्रो खेलमा न्यु डायमण्डलाई नेपाल प्रहरीले सोझो तीन सेटमा पराजित गरेको छ । पहिलो, दोस्रो र तेस्रो सेट क्रमश ः २२, २१ र १७ अंकका विरुद्ध २५ अंकले प्रहरीले जितेको हो ।

बिहीबारको पहिलो खेल नेपाल पुलिस र आयोजक रेडियो दिदीबहिनीबिच हुने रेफ्रि संयोजक टवलसिंह थापाले बताउनुभयो । बिजेता, उपबिजेता र तृतीय हुनेलाई क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने रेडियो दिदीबहिनीका अध्यक्ष कल्पना चापागाइले जानकारी दिनुभयो ।

मंगलबार सकिएको पालिका स्तरीय पुरुष भलिबलको उपाधी अनेरास्ववीयू बागलुङ च्यापीयन भएको छ । ८ टिम सहभागि प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका उपबिजेता भएको छ । बिजेतालाई एक लाख र उपबिजेताले पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । महोत्सव र प्रतियोगिता सञ्चालन गर्न स्थानीयबासीको अगुवाइमा जुगेधारामा खेलमैदान निर्माण भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: