प्रजातन्त्र दिवसको अवसरमा बेनीमा सरसफाई

बेनी, ६ फागुन । ६९ औ प्रजातन्त्र दिवसको अवसरमा मंगलबार बेनीमा सरसफाई गरिएको छ ।
त्रिदिवसीय कार्यक्रम गरेर दिवस मनाउने प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको निर्णय अनुसार सरसफाई कार्यक्रम गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडीको चोकदेखि नगरपालिका कार्यालय अगाडीको दरवाङ बसपार्क र बहुउद्देश्यिय खेलमैदानको सरसफाई गरिएको थियो । फोहोर संकलन गरेर व्यवस्थापन गरिएको थियो । बेनी नगरपालिकाको संयोजनमा सरसफाई गरिएको हो ।

सरसफाईमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत जनप्रतिनिधि, कार्यालय प्रमुख र कर्मचारीहरुको उपस्थिति थियो ।

नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी र म्याग्दी बहुमुखी क्याम्पसका विद्याथीहरु प्नि सरसफाईमा खटिएका थिए । फागुन ७ गते बिहान बेनीमा प्रझातफेरी र समारोहको आयोजना गरिएको छ ।

वि.स २००७ साल फागुन ७ गते १०४ वर्षिय जहानीया राणा शाषण अन्त्य भई प्रजातन्त्री स्थापना भएको दिनको सम्झातामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउदै आइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: