पर्वत बेनीमा दिदीबहिनी कपको तयारी पुरा, पुरुष भलिबलको उपाधि अनेरास्ववीयुलाई

बेनी, ६ फागुन । जलजला गाउपालिका–३ पर्वत बेनीमा बुधबारदेखि सुरु हुन लागेको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

महिलाहरुद्धारा कुश्मामा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर बृहत चौथो तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको साथै राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

रेडियोकी अध्यक्ष कल्पना चापागाइले प्रतियोगिताको सबै तयारी पुरा भएको बताउनुभयो । ‘खेलाडी, रेफ्रि र अफिसियल बेनीमा आइसक्नुभएको छ,’ उहाले भन्नुभयो् ‘खेलमैदानमा पूर्वाधार तयार भएको छ ।’

उनका अनुसार बिजेता, उपबिजेता र तृतीय हुनेलाई क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने उहाले बताउनुभयो ।

पहिलो दिदीबहिनी कपमा न्यु डायमण्ड, दोस्रो र तेस्रोमा शसस्त्र प्रहरीको एपिएफले उपाधि जितेको थियो । ५ टिम बीच लिगकम नकाउटका आधारमा खेल संचालन गरिने रेफ्रि संयोजक अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले बताउनुभयो ।

उनका अनुसार समूह ए मा साबिक बिजेता एपीएफ र आर्मी तथा समूह बी मा साबिक उपबिजेता होङग्वान्जी न्युडायमण्ड, पुलिस र आयोजकको टिम रहेका छन् । प्रतियोगिताको फाइनल फागुन ९ गते हुनेछ् ।

यसैबीच मंगलबार सम्पन्न पालिका स्तरीय पुरुष भलिबलको उपाधी अनेरास्ववीयु बागलुङ च्यापीयन भएको छ । ८ टिम सहभागि प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका उपबिजेता भएको छ । बिजेतालाई एक लाख र उपबिजेताले पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
महोत्सव र प्रतियोगिता सञ्चालन गर्न स्थानीयबासीको अगुवाइमा जुगेधारामा खेलमैदान निर्माण भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: