रघुगंगाको पात्लेखर्कमा सडक पुग्यो

बेनी, १५ माघ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउपालिका–८ को पात्लेखर्क सडक सञ्जालमा जोडिएको छ ।

रघुगंगा गाउपालिकाले कुइनेमंगलेको घ्यासीखर्क, छहरेखोला, दुवाडी, श्रीखर्क हुदै पात्लेखर्क जोड्ने सडक निर्माण गरेको हो । गत वर्ष घ्यासीखर्क देखि छहरेखोला पुगेको सडकलाई यसपालि विस्तार गरेर पात्लेखर्क पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष युवराज छन्त्यालले बताउनुभयो ।

गत वर्ष बिनियोजन भएको छ लाख रुपैयाँबाट घ्यासीखर्क र छहरीखोलाको बिचमा पर्ने पहाडमा पाँच सय मिटर सडकको ट्याक खोलिएको थियो । यो वर्ष बिनियोजन भएको १४ लाख रुपैयाँ बजेटबाट पात्लेखर्कसम्म सडक पु¥याइएको वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

बस चल्न मिल्ने गरि फराकीलो, ग्रेड र घुम्ति मिलाएर सडक खनिएको उपभोक्ता समितिले जनाएका छन् । घ्यासीखर्क देखि पात्लेखर्क सम्मको सडक पाँच किलोमिटर दुरीको छ । सडक पुगेपछि आवत जावत र ढुवानीमा सहज हुने स्थानीय रिबहादुर छन्त्यालले बताउनुभयो ।

९३ वर्षीय छन्त्यालले गाउँमा गाडी र ट्याक्टर आउन थालेकोमा खुसी व्यक्त गर्नुभयो । पात्लेखर्क रघुगंगा गाउपालिकाको सबैभन्दा दुर्गम र विकट बस्ति हो । दग्नाम दर्मीजा चिमखोला सडकको ट्याक खुलीनसकेकाले सडक पुगेपनि सिधा यातायात सञ्चालन हुन सकेको छैन् ।

बेगखोला चिमखोला हुदै कुइनेमंगले जोड्ने सडकमा ट्याक्टर मात्र चल्ने गरेका छन् । दग्नाम दर्मीजा चिमखोला सडकले नजोदिदा सम्म चिमखोला कुइनेमंगले पात्लेखर्क क्षेत्रमा आन्तरिक जिप सञ्चालनका लागि पहल गरिएको गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीले ठाडाखानी हुदै कुइनेखानी गाउलाई पनि सडक सञ्जालले जोड्ने तयारी गरेको बताउनुभयो । गत वर्ष ठाडाखानी देखि भेडीखाल्टा सम्म पुगेको सडकलाई यस वर्ष कुइनेखानी पु¥याउन पच्चिस लाख बिनियोजन भएको बताउनुभयो । गत वर्ष २५ लाख बिनियोजन भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: