खारा–बिम सडक सुधार गरिदै

बिम, १५ माघ । मालिका गाउपालिकाको केन्द्र दरवाङ बजार देखि वडा न. ७ बिम जोड्ने खारा–बिम सडक स्तरोन्नति सुरु भएको छ ।

मालिका गाउपालिकाले सडकको घुम्ति तथा मोड, ग्रेड सुधार गर्ने, चक्लाउने र नाली बनाउन लागेको हो । उपभोक्ता समिति मार्फत सडक स्तरोन्नति सुरु गरिएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो ।

‘खारा देखि बिम सम्मको सडकमा सहज रुपमा यातायातका साधन चल्ने बनाउने उद्देश्यले सुधार गर्न लागिएको हो,’ उहाँले भन्नुभयो ‘गाउपालिकाले बिनियोजन गरेको तीस लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिले काम सुरु गरेका छन् ।’

जोखिमपूर्ण र साघुरो ठाउमा सुधार गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर जुग्जालीले बताउनुभयो । खारा देखि बिम सम्म बसलाई मोड नपुग्ने साघुरा घुम्तिलाई फराकिलो टर्नीङ पुग्ने गरि फराकिलो बनाउन लागिएको छ ।

यसैगरी साधुरो ठाउँमा माटो र पहाड काटेर फराकिलो बनाई दुई तर्फ गाडी चल्ने बनाउन लागिएको अध्यक्ष जुग्जालीले बताउनुभयो । कटिङ हुने ठाउँमा नाली र टेवा पर्खाल समेत बनाउने योजना छ ।

सात मिटर फराकिलो सडक बनाउने गाउपालिकाको गुरुयोजना अनुसार सुधारको काम सुरु गरिएको हो । खारालाई जिरो पोइन्ट मानेर पहिलो चरणमा त्यहादेखि लुरवाङ फाट सम्मको सडकमा काम भइरहेको वडा सदस्य वुद्धीबहादुर जुग्जालीले बताउनुभयो ।

यो सडक सुधार भएमा बिम, डाडागाउ, बाइन्दफाट, नौमानेका साथै धवलागिरी गाउपालिकाको मराङ, मल्कवाङ र रघुगंगाको कुइनेखानीका बासिन्दालाई पनि सुबिधा पुग्ने जनाइएको छ ।

वि.स.२०६८ मा समुदायको अगुवाइमा ट्याक खोलिएको खारा–बिम सडकलाई तत्कालीन जिल्ला विकास समितिले पारदर्शीता, जनसहभागिता र गुणस्तरका हिसाबले जिल्लाकै नमुना घोषणा गरेर उपभोक्ता समितिलाई पुरस्कृत गरेको थियो ।

ट्याक खोलेपछि सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र ट्याक्सी चल्ने गरेका छन् । गत कात्तिकमा दरवाङ देखि बिम जाने क्रममा एउटा बस गलघण्टीको घुम्तीमा दुर्घटना हुदा चार जनाको ज्यान गएको थियो ।

बिमको सबै बस्तिमा सडक पुगेको छ । बिम देखि बाइन्दफाँट हुदै धार्मिक पर्यटकीय स्थल मालिका धुरी नजिकको धौलागंगा सम्म सडक पु¥याउन पछिल्लो दुई वर्षमा सञ्चालित योजनालाई यो वर्ष पनि निरन्तरता दिएको गाउपालिकाले जनाएको छ ।

गाउपालिकाको केन्द्र दरवाङ देखि सबै वडा कार्यालय जोड्ने सडकलाई मापदण्ड अनुसारको बनाएर बाह्ै महिना नियमित गाडी चल्ने बनाउन गुरुयोजना बनाएर कार्यान्वयनमा लगिएको गाउपाकिलाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: