एसइईमा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत, अनाथ विद्यार्थीलाई सहयोग

बेनी, ४ माघ । बेनीमा शनिबार २०७४ र २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । यसैगरी जिल्लाका ६ वटै स्थानीय तहका एक÷एक जनाका दरले विपन्न अनाथ विद्यार्थीलाई सहयोग गरिएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङद्धारा स्थापित मोना हङकङ ट्रस्ट फण्डबाट चार जना विद्यार्थी र चार वटा विद्यालयलाई पुरस्कृत तथा मोना हङकङको महिला विभागद्धारा संकलित रकम अनाथ बालबालिकालाई सहयोग गरिएको हो ।

२०७४ को एसईइ परिक्षामा सर्वोकृष्ट हुने मुक्तिधाम माविका अनुपम कटुवाल र २०७५ को इसईमा जिल्लाका सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याएका राष्ट्रिय मावि नेप्टेचौरका निशान चोखाललाई चालीस÷चालीस हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।

२०७४ को एसईमा जिल्ला प्रथम हुने बेनी सामुदायिक माविका अश्वनी शर्मा र आशिका आचार्य तथा २०७५ मा सामुदायिक तर्फ जिल्ला प्रथम हुने गलेश्वर माविका मनिषा किसानलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

चार वटै विद्यालयलाई दश÷दश हजार रुपैया नगद सहित सम्मान गरिएको थियो । मोनाङकङको महिला विभागले तिजमा आयोजना गरेको कार्यक्रममा बचत भएको रकमबाट अनाथ बालबालिकालाई शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा सहित सहयोग गरिएको हो ।
भकिम्लीको बालप्रिय सारदा आधारभूत विद्यालयका करन जिसी, भूमे आधारभूत विद्यालय मच्छिमका दिनेश गुरुङ, मालिका–५ घर भई हेम नमुना आवासीय मावि शिवाङमा पढ्ने बनिका बुढा, मंगलाको ज्ञानोदय आधारभूत विद्यालयका भरत सुनार, चिमखोलाको अमर माविकी साहना बुढा र अन्नपूर्णको कैलाश माविका कुशुम राम्दाजीलाई ५५ हजार ५५५ रुपैयाका दरले सहयोग गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले पुरस्कार तथा सहयोग वितरण गर्दै यस्ता कार्यक्रमले सामुदायिक विद्यालय सुधारमा सहयोग पुग्ने र विपन्न विद्यार्थिलाई सहज हुने बताउनुभयो । मोना हङकङका संस्थापक अध्यक्ष तुल्मराज राम्जालीले सिंगा, बगुवाखोला र मौवाफाटको फरक क्षमता भएका विद्यालय सञ्चालन गर्न एघार, एघार लाखको स्थापना गरिएको बताउनुभयो ।

बेनी अस्पतालमा डिजिटल भिडियो एक्सरे सञ्चालन गर्न पनि मोना हङकङले सहयोग गरेको छ । फण्डका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता र रमेश गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

Leave a Reply

Scroll to Top
%d bloggers like this: