हंशबाहिनीका विद्यार्थीलाई राष्ट्रिय वाणिज्य बैंकद्धारा कपडा वितरण

बेनी, २८ पुष । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले न्यानो कपडा वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा आयोजित वित्तिय साक्षरता कार्यक्रमका क्रममा ३५ जना विद्यार्थीहरुलाई कपडा वितरण गरेको हो ।

बैंकका शाखा प्रबन्धक अर्जनु तिवारीले राष्ट्रिय बाणिज्य बैंकका सेवासुविधा बारे कार्यक्रममा सहभागि स्थानीयबासी, शिक्षक र विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तरगत वित्तिय साक्षरता कार्यक्रम तथा न्यानो कपडा वितरण गरिएको तिवारीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य गौमती नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यपक हृदयकुमार श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो । शिक्षक सरस्वती अधिकारीले संचालन गरेको कार्यक्रममा शिक्षक भोजनाथ शर्माले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: