रघुगंगा गाउपालिकाको बादुकमा स्वास्थ्य इकाई स्थापना

बेनी, २४ पुष । रघुगंगा गाउँपालिका–१ बेगको बादुकमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।

भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका बादुकमा स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको हो ।

गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको इकाईमा स्वास्थ्य परिक्षण, परामर्श र सरकारले दिने निशूल्क औषधि वितरणको सुबिधा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । एक जना अहेव खटाएको छ ।

इकाई स्थापना भएपछि बादुकका ९० घरधुरीका लाभान्वित भएका छन् । इकाईको बिहिबार उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण मिलाउन प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले म्याग्दीका अरु स्थानीय तह भन्दा रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बेजट बढी बिनियोज गरेको बताउनुभयो । उहाँले आफुले पाउने सरकारी सेवा सुविधा बापतको रकमको अक्षयकोष स्थापना गरि गरिव र अपाङ्गगता भएका व्यक्तीको स्वास्थ्य विमा समेत गरेको जानकारी गराउनुभयो ।

गाउँपालिकको प्रत्येक बस्तीमा खानेपानी र विद्युत सुविधा आफ्नो कार्यकालमा पु¥याउने उहाँले बताउनुभयो । रविन्द्र गर्बुजाको अध्यक्षता, जसबहादुर तिलीजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालीकाका स्वास्थ्य संयोजक टिका शाहिले गाउँपालिकाका प्रत्येक बस्तीका नागरिकलाई समान्य स्वास्थ्य उपचारका लागी पनी टाढा टाढा जानुपर्ने भएको बताउदै स्वास्थ्य इकाले त्यो समस्याको समाधान गरेको बताउनुभयो ।

कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष भक्त बहादुर शेरपुञ्जाले स्वास्थ्य इकाइ स्थापना गर्ने क्रममा भएका समस्याको बारेमा जानकारी गराउनुभयो । उक्त उद्घाटन कार्यक्रममा वडा सदस्य बलमान गौचनले समेत बोल्नुभएको थियो ।

स्वास्थ्य इकाइको भवन बनाउन गाउँपालिकाले ७ लाख ७१ हजार बजेट विनियोज गरेको थियो । उक्त कार्यक्रम समापन भएपछी गाउँपालिका अध्यक्ष भाण्डारीको नेतृत्वमा गएको टोलीले त्यहाँ सञ्चालमा रहेको विकास निमार्ण योजनाहरुको अनुगमन समेत गरेको थियो ।

रघुगंगा गाउपालिकाले यसअघि पाखापानीको रायखोर, दग्नामको दर्मीजा र कुइनेखानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ । यस वर्ष भगवतिको राममन्दिरमा पनि इकाई स्थापनाको तयारी भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: