मालिकामा उपाध्यक्षसंग स्वास्थ्य शिक्षा कार्यक्रम

बेनी, २० पुष । म्याग्दीको मालिका गाउपालिकाले स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

आपतकालिन अवस्थामा जिवन बचाउने उपायको बारेमा समुदाय स्तरसम्म ज्ञान, सिप हस्तान्तरण गराउन विद्यालयमा उपाध्यक्ष स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

आपतकालिन ५ अवस्थामा जिवन बचाउने उपायका बारेमा जानकारी गराउने उद्देश्यले मालिकाका ७ वटै वडाका माध्यमिक विद्यालय र समुदाय स्तरमा कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

बिमको किसानी मावि, दरवाङको जनप्रिय मावि र डाडागाउको अमरज्योति माविमा कार्यक्रम गरिसकिएको छ । मालिकामा रहेका ८ वटै माविका साथै सवारी चालक, प्रहरी, स्वमसेवक, युवा क्लव र युवाहरुलाई पनि सिप प्रदान गरिने उपाध्यक्ष बिटालुले बताउनुभयो ।

हृदयघात, अतिरक्तश्राव, बेहोस हुनु, खाना अथवा बाह्य बस्तु घाँटीमा सर्र्कीएको र संघात (शरिरको मुटु तथा अन्य प्रणालीले रक्तसञ्चार गर्न नसकेको अवस्था) र सिपिआर कार्डियो पल्मनरी रिसक्डीटेशनको अवस्थामा प्राथमिक उपचार गर्ने विषयमा शिक्षक, विद्यार्थीहरुलाई प्राबिधिक ज्ञान सिप प्रदान गरिएको हो ।

डाक्टर लक्ष्मी पन्थीले सहजिकरण गर्नुभएको छ । प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक विषयमा जानकारी गराउनुका साथै नाटक र प्रयोगात्मक अभ्यास समेत गराइएको छ । सचित्र सहितको पुस्तिका वितरण गरिएको छ । विद्यालयमा प्राथमिक उपचार सामग्री सहितको किट बक्स वितरण गरिएको छ ।

‘आकस्मिक रुपमा उपचार नपाएर कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ । अस्पताल वा स्वास्थ्य संस्थामा सहज रुपमा पु¥याएर उपचार सफल बनाउन यो अभियानले सहयोग गर्ने अपेक्षा राखिएको छ,’ उपाध्यक्ष बिटालुले भन्नुभयो ।

जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले अभियान दैनिक जिवनसंग जोडिएको र व्यवहारिक भएको बताउनुभयो । शिक्षक विद्यार्थीहरुले प्राप्त गरेको सिपलाई परिवार, टोल, समाजमा विस्तार गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।

गत वर्ष गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि विद्यालय स्तरमा यो कार्यक्रम सञ्चालन गरेको थियो । यस वर्ष पनि प्रदेशका सबै सामुदायिक विद्यालयमा कार्यक्रम गर्न लागिएको मन्त्री नरदेवी पुनले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: