खिवाङमा रैथाने बाली संरक्षण सम्बन्धी तालिम

बेनी, १५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा मंगलबार रैथानी बाली खेती प्रबिधि सम्बन्धी तालिम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्रले आयोजना गरेको तालिममा खिवाङका ३२ जना कृषकहरुको सहभागिता रहेको थियो । स्थानीय रैथाने बालीको संरक्षण र रोगकिराको व्यवस्थापनका विषयमा कृषकहरुलाई स्थलगत रुपमा प्राबिधिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमको ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइराला, बागबानि विकास अधिकृत भोजबहादुर थापा र कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले सहजिकरण गर्नुभएको थियो । खिवाङका कृषकहरुले मार्फा रायो जातको सागको विउ उत्पादन गर्छन् ।

यो गाउ आलु खेतिको पकेट क्षेत्र पनि हो । कोदो र जौको रैथाने बालिको खेती हुन्छ । स्थानीय जातका खाद्यबालीको आनुवांशिक स्रोतको संरक्षण गर्ने उद्देश्यले ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: