थाकनपोखरी आधारभूत व्यवस्थापन समितिको अध्यक्षमा ज्योती लामीछाने

बेनी, ८ मंसिर । बेनी नगरपालिका–६ मा रहेको थाकनपोखरी आधारभूत विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघको आइतबार पुर्नगठन भएको छ ।

विद्यालयमा भएको अभिभावक, शिक्षक र स्थानीय अगुवाहरुको भेलाले ज्योती लामिछानेको अध्यक्षतामा व्यवस्थापन समिति र मुरारी रिजालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको हो ।

प्रअ चन्द्रमणी पौडेल सदस्य सचिव रहनुभएको व्यवस्थापन समितिका सदस्यहरुमा जनप्रतिनिधिहरुको तर्फबाट वडा अध्यक्ष कृष्णसिङ बानिया, खिमबहादुर खत्री, लक्ष्मिनिधी रिजाल (बिमल), गंगा ढुङ्गाना, गंगा पौडल, प्रकाश रेग्मी र शिक्षक प्रतिनिधि गोविन्द शर्मा चयन हुनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, शिक्षक देवी आचार्यको सञ्चालन, शिक्षक गोविन्द शर्माको स्वागत, संविधानसभा सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता, स्रोत व्यक्ति जयराम सुवेदी, जामुनाखर्क माविका प्रअ सोमनाथ ढुङ्गाना लगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: