घारमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम

घार, ८ मंसिर । अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग मा.वि.मा पालिका स्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।गुणस्तरीय शिक्षा नेपाल, अष्टे«लियाको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाइ म्याग्दीको समन्वयमा लर्न संस्थाले शिख र घारका सामुदायिक विद्यालयमा गठित बाल क्लवहरुको सहभागितामा कार्यक्रम गरेको हो ।

मुक्तिमार्ग मावि व्यवस्थापन समितिका सदस्य तथा वडा सदस्य रामबहादुर खड्काको अध्यक्षता, गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीको प्रमुख आतिथ्यता, शिक्षा शाखा संयोजक भरतकुमार पुन बिशिष्ट आतिथ्यता र महिला तथा बालबालिका शाखाका संयोजक सविना थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ८ वटा वाल क्लवका २२ जना छात्र छात्राबाट कविता, गायन, नृत्य, वक्तृत्वकला, चित्रकला आदिमा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । मुक्तिमार्ग मा. वि. का शिक्षक, विद्यार्थीहरु र अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन लर्नका शिक्षा विकास अधिकृत गोपाल ढुगेंल एवं कार्यक्रमको औचित्य वारे लर्नका कार्यकारी निर्देशक कृष्णबहादुर तिलिजा पुनले प्रस्ट पार्नु भएको थियो ।

यस कार्यक्रमको प्रभाजकारीता एवं निरन्तरताका लागि प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । यो कार्यक्रम म्याग्दी जिल्लामा अत्यन्त्र नौलो खालको भएकाले अन्य क्षेत्रमा पनि लैजानु पर्ने र यस्ता कार्यक्रम संचालनका लागि अन्नपूर्ण गाउँपालिका सहकार्य गर्न तत्पर रहेको प्रमुख अतिथि फगामीले बताउनुभयो ।

लर्नले विगत ८ वर्ष देखि यस क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध कार्यक्रम गर्दै आएकोमा यस वर्ष देखि वालवालिकाहरुको गतिविधिलाई प्रभावकारी बनाउनको लागि वालवालिकाहरुसँग भएको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गर्ने गरेको कुरा लर्नका कार्यक्रम प्रबन्धक मिन शाही जानकारी गराउनुभयो ।


वालवालिकाहरुसंग भएका अन्तरनिहित क्षमता स्वस्फुर्त वाहिर ल्याउनका लागि यो कार्यक्रम निकै उपायोगी भएको अभिभावकले बताएका छन् । वालवालिका वीच प्रतिष्प्रधा गराउँदा असफल हुने विद्यार्थीहरुको मनोवल गिर्ने भएकोले यस्ता कार्यक्रमले तिनीहरुको मनोवल उच्च पार्न निकै प्रभावकरी मानिन्छ ।

कार्यक्रममा सहभागी सबै ८ वटा वाल क्लव एवं सहभागी छात्र छात्राहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अथिति तथा कार्यक्रमका सभापतीवाट प्रशंसापत्र तथा मायाको चिनो वितरण गरिएको थियो । यस्तो कार्यक्रमले वालवालिकामा रहेको क्षमता प्रस्फुटन हुने भएकोले उनीहरुको मनोवल उच्च रहि वालवालिकाहरु कार्यक्रमप्रति उत्साही रहेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: