कोटखोलाका बाढी पिडितलाई जापानबाट डेढ लाख सहयोग


बेनी, ८ कात्तिक । बेनी नगरपालिका–२ कोतखोलाका बाढी पिडितहरुलाई शुक्रबार जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

असोज ४ गते कोतखोलामा आएको बाढीले घरबास बगाएपछि सरस्वति आधारभूत विद्यालयको भवनमा बस्दै आएका बाढी पिडितहरुलाई जापानमा रहेका ज्यामरुककोटेहरुको पहलमा संकलित एक लाख ६३ हजार ८०० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) सेन्दाई क्षेत्रीय कमिटिका उपाध्यक्ष सागर थापा र एनआरएनए कान्तोका कोषाध्यक्ष तथा मोनाका सदस्य सागर कार्कीको पहलमा सो सहयोग संकलन भएको थियो ।

वडा अध्यक्ष हिराबहादुर थापाले नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की लगायत अगुवा र बाढीपिडितहरुको उपस्थितिमा राहत ब्यवस्थापन समितिका संयोजक भिमबहादुर रिजाल (राजु)लाई रकम हस्तान्तरण गर्नुभयो ।

समितिको खातामा जापानबाट प्राप्त भएको सहित तीन लाख ५२ हजार रुपैयाँ सहयोग संकलन भएको छ । सो रकमले जग्गा खरिद गरेर एकिकृत बस्ति निर्माण गर्ने योजना बनाइएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

बाढीले आठ वटा घर र वुद्ध एकेडेमीको भवनमा क्षति पु¥याएको थियो । दुई जना बालिका वेपत्ता भएका थिए । वुद्ध एकेडेमिको भवन पुननिर्माण भइरहेको छ ।

बाढीपिडितहरुलाई जापानको कार्ताका बासिन्दाले पच्चिस हजार ऐन, सागर कार्कीले दश हजार, नारायण खड्काले दश हजार, चिरञ्जिवी शाहले दश हजार, रत्न थापाले सात हजार, पुष्पाञ्जली शाहले छ हजार, सागर थापाले पाँच हजार, राजकुमार कार्कीले पाँच हजार, नवराज थापाले पाँच हजार, शरण मल्लले पाँच हजार, नारायाण रिजालले पाँच हजार, विशाल केसीले पाँच हजार, प्रपिद मगरले पाँच हजार, तेज अर्यालले पाँच हजार, विमल घिमिरेले पाँच हजार, दिपेन मल्लले पाँच हजार ऐन सहयोग गर्नुभएको थियो ।

यसैगरी ददिवाल खड्काले तीन हजार, रमेश शर्माले तीन हजार, प्रकाश विश्वकर्माले तीन हजार भरत केसीले तीन हजार, भुपे पुनले तीन हजार, प्रइज भण्डारीले तीन हजार, इन्दीरा गर्बुजाले तीन हजार, गणेश श्रेष्ठले तीन हजार, निर्मल बरुवालले दुई हजार पाँच सय, सुरत कटुवालले दुई हजार पाँच सय, तिल मगरले दुई हजार, प्रविन केसीले दुई हजार, जिवन गुरुङले दुई हजार, बालकृष्ण जैसीले दुई हजार, राज गौतमले दुई हजार र प्रकाश गौतमले एक हजार ऐन सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: