एनसेलको गाडीमा आगजनी

बेनी, ८ कात्तिक । बेनी नगरपालिका–३ भकिम्लीको मुसुङ डोलेमा एनसेल कम्पनीले भाडामा लिएको गाडीमा आगजनी भएको छ ।

मुसुङ डोलेमा रहेको टावर मर्मतका लागि गएका एनसेलका कर्मचारीहरुले भाडामा लिएको बा १३ च ८४३४ नम्बरको बोलेरो जिप पार्कीङ गरेर राखेको ठाउँमा आगोजनी भएको हो ।

स्थानीय डिलबहादुर थापाको घरको पछाडी पार्कीङ गरिएको गाडीमा शुक्रबार राती २ बजेतिर आगोलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एनसेलका कर्मचारीहरु थापाको घरमा बास बसेका थिए ।

गाडीको बाहीरी भाग जलेर पूर्ण रुपमा क्षति भएको घटनास्थल पुगेका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो । गाडी भित्र राखिएका टावर मर्मतका लागि ल्याएका २ थान ल्यापटप र १ थान मोवाइल समेत जलेर नष्ट भएको छ ।

गाडीमा आगो लगाउने व्यक्ति तथा समूहको पहिचानका लागि शुष्म अनुसन्धान भइरहेको शर्माले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: