बाग्लुङ समाज जापानद्वारा कराँते टोलीलाई सहयोगसहित सम्मान

बाग्लुङ समाज जापानले नेपालबाट कराते वल्ड च्याम्पियनसिपमा भाग लिई पदक जित्न सफल कराते टोलीलाई सम्मान तथा सहयोग हस्तान्तरण गरेको छ ।

एक डिनर कार्यक्रमको आयोजना गरी  खेलाडीहरूमा आत्मबलबृत्तिको  उदेश्यका साथ  खेलकुद सामाग्रीका लागी तिस हजार नगद सहित सम्मान गरिएको हो । सम्मान  तथा नगद  प्रशिक्षक कृष्ण प्रसाद कडेललाई हस्तांतरण गरिएको हो ।

उक्त कराते टोलीले दुई रजत र दुई कांस्य गरि कुल चार पदक प्राप्त गरेको थियो । समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले आफु पनि खेलाडी भएकोले खेलाडीको मर्म राम्रोसंग बुझेको भन्दै  खेलाडीहरूले पनि  सधै अनुसाशन र उचित ठाऊमा आफ्नो प्रदर्शन गर्नु पर्ने भनाई राख्नु भएको थियो ।

साथै आगमी दिनहरूमा अझ मेहनत गरि थप सफलताको लागी शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।कार्यक्रम सन्चालन समाजका सचिब राजु केसीले गर्नु भएको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: