एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिका संस्थापक संयोजक महेश्वर रीसाल (महेश) ले आगामी कार्यकाल आफु केन्द्रिय समितिमा उमेद्वारी दिने घोषणा गरेका छन् । संस्थापक हुदै दोस्रो कार्यकाल पनि क्षेत्रीय संयोजक रहेका रीसालले तेस्रो अधिबेशन सम्पन्न गरी आफ्नो संयोजकको जिम्मेबारी सकिने बितिक्कै केन्द्रिय समितिको सचिब(क्षेत्र) पदमा उमेदवारी घोषणा गरेका हुन् ।
केन्द्रिय समितिसँग क्षेत्रीय समितको समन्वय गराउनको लागी नै आफुले उमेद्वारी दिने बताउनु भएका रीसालले अहीलेसम्म आफुले गरेका सामाजिक कार्यहरूनै आफ्नो बलीयो पक्ष भएको बताउनु भएको छ ।
लामा र धेरै बुँदाका चुनाबी नारा भन्दा पनि संस्थामा आफुले सकेको काम गर्ने र नेपाली समुदाय माँझ एनआरएनए जापानलाई लोकप्रिय बनाउनको लागी सकारात्मक भुमिका निर्वाह गरी नेतृत्वलाई सघाउनको लागी आफुले उमेद्वारी घोषणा गरेको बताउनु भएको छ ।
स्थानीय जापानी समुदायमा पनि आफ्नो समाजिक परिचय बलीयो बनाउनु भएका रीसालका सामाजिक गतिविधिहरू जापानी स्थानीय तथा राष्ट्रीय पत्रिकाहरूले समेत स्थान दिने गरेका छन् ।