जापानको ओसाकामा स्टार ग्रुप र ओएनस ग्रुपद्वारा संयुक्त रूपमा आयोजित द एज ब्यान्ड लाईभ इन ओसाका ( समर नाइट) को सम्पूर्ण तयारी पूरा भएको आयोजक सदस्य तेज गुरुङले जानकारी दिनु भयो ।
आज बेलुका ठीक ५ बजेबाट समर नाइट सुरु हुनेछ । कार्यक्रम उमेदाको लाईभ हाउस बनाना हलमा हुन लागेको हो । कार्यक्रममा सांगितिक प्रस्तुतिका लागि द एज ब्यान्डका सदस्यहरू ओसाका पुगिसकेका छन । द एज ब्यान्डले स्थापनाको २० वर्षे सांगितिक महोत्सव यतिवेला देश विदेशमा मनाईरहेको छ । स्टार ग्रुप र ओएनस ग्रुप खेलकुद तथा विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहदै आएका छन ।