यी हुन् नेपालले अब खेल्ने ४ ठुलो प्रतियोगिताहरु

सिंगापुरमा आयोजित आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा तेश्रो स्थान हाँसिल गरेपछि अस्ट्रेलियामा आयोजना हुने २०२० टि-२० विश्वकपको दौडबाट बाहिरिएको नेपाली क्रिकेट टिमले अबको दिनमा थप चुनौती सामना गर्नेछ। अब नेपालको अगि सन् २०२२ मा भारतमा आयोजना हुने विश्वकप छनौट हुने चुनौती अघि रहेको छ। आईसीसीले आयोजना गर्ने विश्वकप लिग-२ मा नेपाली टिम आगामी समय व्यस्त रहनेछ। त्यो संगै एसियाली टेस्ट राष्ट्रहरु सहभागी हुने टि-२० एसिया कपमा छनौट हुनु पनि नेपालको लागि चुनौती हुनेछ।

यसरी वर्ष डिसेम्बर १ देखि १० सम्म नेपालले आयोजना गर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट खेललाई पनि समावेस गरिएको छ। प्रतियोगिताको खेलहरु टियु मैदानमा आयोजना हुनेछन्। नेपाल सहित दक्षिण एसियाली राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, भुटानले प्रतियोगिता खेल्नेछन्। टेस्ट राष्ट्रहरुले भने सिनियर टिमको सट्टा २३ वर्ष मुनिको टिम खेलाउने सम्भावना प्रवल रहेको छ। प्रतियोगिताको लागि नेपालले छिट्टै तयारी थाल्नेछ।

भारतमा आयोजना हुने सन् २०२३ एकदिवसीय विश्वकप छनौटको लागे नेपालले अब ३ वर्ष चल्ने विश्वकप लिग-२ खेल्दैछ। अगस्ट २०१९ देखि सुरु हुने भएता पनि नेपालले भने फेब्रुवरी २०२० बाट बल्ल पहिलो खेल खेल्नेछ।

बिश्व कप लिग-२ मा नेपाल सहित स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्यु गिनी, अमेरिका र ओमान गरि ७ राष्ट्र सहभागी हुनेछन्। ७ राष्ट्रले बिश्वकप लिग-२ अन्तर्गत २०१९ देखि २०२१ सम्म कुल १२६ खेल खेल्नेछन् जसमा एउटा राष्ट्रले कुल ३६ खेल खेल्नेछ। सम्पूर्ण खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत पाउनेछ।

७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। तल्लो स्थानमा रहने ४ टिमले भने बिश्वकप छनौट प्ले-अफ खेल्न पाउनेछ जुन प्रतियोगितामा उत्कृस्ट-२ भए पनि बिश्वकप २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ। २०२३ को एकदिवसीय बिश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले घोषणा गरिसकेको छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो सिरिज आगामी वर्ष फेब्रुवरीमा पहिलो सिरिज नेपालमै खेल्नेछ। टियु मैदानमा हुने उक्त सिरिजमा नेपाल, अमेरिका र ओमान सहभागी हुनेछन्। यस्तै दोश्रो सिरिज नेपाल, नामिबिया र स्कटल्याण्ड बीच नामिबियामा २०२० अप्रिलमा आयोजना हुनेछ। ५ देखि १२ फेब्रुवरी २०२० मा आयोजना हुने पहिलो सिरिजमा कुल ६ खेल हुनेछ। ३ वटै टिमले एक अर्का बिरुद्ध २/२ वटा खेल खेल्नेछन्।

( मिति , सहभागी राष्ट्र र आयोजना स्थल )

५-१२ फेब्रुवरी २०२० : नेपाल, ओमान र अमेरिका ( टियु मैदान , नेपाल )
२०-२७ अप्रिल २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नामिबिया )
९-१६ जुन २०२० : पपुवा न्यु गिनी , युएई र नेपाल ( पपुवा न्यु गिनी )
जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया ( स्थान तोकिएको छैन )
जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल ( स्थान तोकिएको छैन )
फेब्रुवरी २०२१ : नेपाल, युएई, पपुवा न्यु गिनी ( स्थान तोकिएको छैन )
अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान ( स्थान तोकिएको छैन )
नोभेम्बर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड ( स्थान तोकिएको छैन )
जनवरी २०२२ : युएई, पपुवा न्यु गिनी र नेपाल ( स्थान तोकिएको छैन )

एसिया कप २०२० आगामी वर्ष सेप्टेम्बर महिनामा पाकिस्तानमा आयोजना हुने बताईएको छ। त्यसको लागि नेपालले मार्च, २०२० मा थाईल्याण्डमा छनौट खेल खेल्नेछ। उक्त प्रतियोगितामा नेपाल सहित मलेसिया, थाईल्याण्ड, सिंगापुर, भुटान, चिन, म्यानमार र हंगकंग सहभागी हुनेछन्। प्रतियोगिताको उत्कृस्ट हुने २ वटा टिमले एसिया कप छनौट खेल्नेछ।

एसिया कप छनौटमा पूर्वी र पश्चिमी क्षेत्र बाट आएका २/२ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् जसबाट उत्कृस्ट हुने एउटा टिम एसिया कप टि-२० खेल्न छनौट हुनेछ। अघिल्लो वर्ष एसीय कप एकदिवसीय फर्म्याटमा आयोजना भएको थियो र नेपाल, युएईलाई पछि पार्दै हंगकंग छनौट भएको थियो।

२०२० डिसेम्बरमा नेपाली टिमले इमर्जिंग टिम्स एसिया कप ( ५० ओभर ) खेल्ने मौका पाउनेछ। प्रतियोगितामा ८ टिम खेल्नेछन्। भारतले आयोजना गर्ने प्रतियोगितामा एसियाली टेस्ट राष्ट्रका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानका २३ वर्ष मुनिको टिम सहभागी हुनेछन्। बाँकी ३ टिम आईसीसीको एकदिवसीय वरियताबाट छानिने एसीसीले बताएको छ। नेपाल हाल एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा १५ औं स्थानमा रहेको छ। नेपाल भन्दा अघि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् भने युएई १६ औं स्थानमा रहेको छ। नेपाल र युएईसंग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुनाले प्रतियोगिता खेल्न स्वतः छनौट हुनसक्ने सम्भावना प्रवल रहेको छ।

बिभिन्न प्रतियोगिताहरु बाहेक नेपाली राष्ट्रिय टिमले अगस्ट महिनामै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्ने बताईएको विकेटनेपाललाई जानकारी प्राप्त भएको छ। प्रतियोगिता कस्तो हुने र को-को खेल्ने भने पूर्ण जानकारी प्राप्त भएको छैन। केहि दिनमै जानकारी बाहिर आउने बताईएको छ। यो बाहेक वर्ष भरि अब नेपाली खेलाडीहरु घरेलु टि-२० लिग पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगमा पनि व्यस्त रहनेछन्। त्यसैले अब नेपाली क्रिकेट टिमको तालिका निकै व्यस्त रहेको छ।

२०२० सेप्टेम्बरमा बंगलादेशले आयोजना गर्ने महिला टि-२० एसियाकपको लागि मलेसियामा जुन २०२० मा छनौट प्रतियोगिता आयोजना गर्नेछ। प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्। पूर्वी र पश्चिम क्षेत्रबाट ४/४ वटा टिम खेल्ने एसीसीले बताए पनि टिमको चयन बारे भने अधिकारिक जानकारी दिएको छैन।

गत महिना मलेसियामा सम्पन्न एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको विजेता नेपाली अन्डर-१९ टिम अन्डर-१९ एसिया कप खेल्न छनौट भएको थियो। श्रीलंकामा ५ देखि १४ सेप्टेम्बरसम्म आयोजना हुने यु-१९ एसिया कपमा नेपाल सहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान तथा युएई र कुवेत खेल्नेछन्। प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छैन। २०१६ को संस्करणमा श्रीलंकामा भएको अन्डर-१९ एसिया कपमा नेपाल सेमीफाइनलसम्म पुगेको थियो जसपछि भने नेपालको प्रदर्शन खास रहन सकेको छैन।

साभार : विकेट नेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: