नेपाल पत्रकार महासंघ जापानको सेप्टेम्वर २२मा अधिवेशन हुने, सदस्यता आवेदन खुल्ला , एनआरएनए उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने

जुलाई २२ ( टोकियो ) – नेपाल पत्रकार महासंघ जापान शाखाको आगामी सेप्टेम्वर २२मा अधिवेशन हुने भएको छ। अध्यक्ष मोहन घलेको अध्यक्षतामा आईतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। वैठकले अधिवेशनका लागि अध्यक्ष मोहन घलेको संयोजकत्वमा मुल आयोजक समिति तयार गरेको छ।

यसैगरि वैठकले महासघको सदस्य नविकरणसगै क्रियासिल पत्रकारहरुका लागि नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरिएको छ । अगष्ट २० तारिकसम्म प्राप्त आवेदनलाई नयाँ सदस्यता वितरण गर्ने तथा पुराना सदस्यहरूको परिचयपत्र नविकरण गर्ने जनाएको छ। त्यसैगरी गरी प्राप्त आवेदनहरुलाई संयोजन गर्न महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेको संयोजकत्वमा पाँच सदस्यिय छानविन समिति गठन गरिएको छ। समितिले आवेदनहरूको आवश्यक छानविन गरि केन्द्रमा पठाउन सिफारिस गर्नेछ।

यसैगरी बैठकले अगष्ट ४ तारिक टोकियोमा जापानमा क्रियाशील अनलाईन पत्रिकाका सम्पादक तथा क्रियाशील पत्रकारहरुका वीच एक अन्तकृया कार्यक्रमको आयोजना गरिने भएको छ। अग्रज पत्रकार तथा जापानवासी नेपाली समुदायका विशिष्ठ पदाधीकारीहरूको सहभागितामा कार्यक्रमको आयोजना गरिने छ।

रिक्त पदाधिकारीमा थापा र अधिकारी

यसैगरि आईतबार बसेको कार्यसमिति वैठकले नेपाल पत्रकार महासंघ जापान शाखामा रिक्त रहेको सदस्य पदमा सरीता थापा नागोया र गोर्कण अधिकारी टोकियोलाई पदपूर्ति गरिएको छ। जापानमा कृयाशिल पत्रकारिता गरेको आधारमा दुवैलाई सिफारिस गरिएको हो।

एनआरएनए उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने
यस्तै महासंघले आगामी सेप्टेम्बर महिनामा हुने गैरआवसीय नेपाली सघ एनआरएनए जापानको अधिवेशनको पूर्व सन्ध्यामा नयाँ पदाधिकारीहरूका आकांक्षाीहरूसंग बहस कार्यक्रम गर्ने भएको छ। खुल्ला बहस कार्यक्रममा पदाधीकारी पदका आकांक्षीहरूसंग अगष्ट महिनाको १८ तारिकमा टोकियोमा हुने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: