वहुमत सदस्यको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

वैशाख १९ । आज एकैदिन लुम्विनी प्रदेशमा मुख्यमन्त्रीले राजीनामा दिनेदेखि पुन राजीनामा दिएकै व्यक्ति मुख्यमन्त्रीमै नियुक्त भएको घटना नसेलाउँदै मुख्यमन्त्रीमा ४२ जनाको हस्ताक्षर सहित अर्काे पक्षले दावी गरेको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गर्नुभएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षर सहित उहाँले सो दावी पेश गर्नुभएको हो ।

यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गर्नुभएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुमा यस अघि ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई सांसद एमालेमा प्रवेश गरेपछि पदमुक्त हुँदा ८५ सदस्यीय भएको थियो । अहिले जनता समाजवादी पार्टीका चार जना सांसद पनि पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ ।

अविश्वास प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जनता समाजवादी पार्टीका ५ जना सांसद गरी ४१ जनाले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: