आज एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण

वैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा २७ जनाको कोभिड १९ का कारण निधन भएको पनि मन्त्रालयले जनाएको छ।यसअघि शनिवार ५,७६३ जनालाई सङ्क्रमण पुष्टि भएको थियो।त्यसभन्दा पहिले गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: