विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

बैशाख १९ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेशको प्रदेश सभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ ।

दाङ क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नुभएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उहाँ दुवै समूहमा खुल्नुभएको थिएन । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई गराइ सक्नुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित उत्तरकुमार वलीको गाडी दुर्घटनामा ज्यान गएपछि उहाँकी पत्नी विमला उपचुनावमा विजयी हुनुभएको थियो ।

वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्रै भएको छ । प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै एमालेको संसदीय दलको बैठकले फेरि पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: