शंकर पोखरेल नै पुन लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन शंकर पोखरेल नियुक्त हुनुभएको छ । नेकपा एमाले संसदीय दलका नेता पोखरेललाई
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि, आइतबार विहान नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा गरेर नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दावी पेश गर्नुभएको थियो ।

पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुअघि नेकपाबाट निर्वाचित सांसद विमला वलीले आफूले माओवादी केन्द्र पार्टी रोजेको जानकारी गराउनुभएको थियो ।

वलीको उक्त पत्र सार्वजनिक भएलगत्तै पोखरेलविरुद्ध एकगठ भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४० सांसदले पोखरेलसँग बहुमत नरहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त नगर्न प्रदेश प्रमुखसँग माग गरेका थिए ।

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Leave a Reply

Scroll to Top
%d bloggers like this: