दाङमा कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुल्यो

वैशाख १९ । दाङको तुलसीपुरमा पार्किङ गरिरहेको कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका ६ मा भारतीय नम्बर प्लेटको कारमा शव भेटिएका तीन बालकको पहिचान खुलेको हो । उनीहरु सबै तुलसीपुर उपमहानगरपालिकाका रहेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका-६ का भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणको शव भेटिएको छ। उनीहरु तीनैजना गएको १६ गतेदेखि हराएका थिए । उनीहरुका अभिभावकले १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष टोली तुलसीपुर पुगेको छ । बालकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरी जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: