मास्क नलगाउनेलाई कारबाही गरिने, भीडभाड गरेर होली नखेल्न आग्रह

चैत १२ । कोरोनाको नयाँ भरियन्ट देखा पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन र भीडभाड नगर्न आग्रह गरेको छ ।
भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको हो। काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड नगर्न तथा मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।
उनीहरुले सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही हुने चेतावनी दिएका छन् । यस्तै होली पर्वलाई घरभित्रै सीमित गर्न आग्रह गरिएको छ ।

भीडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन पनि प्रशासन कार्यालयले अनुरोध गरेका छन् ।
फागु पर्व पनि घरमै सीमित रहेर मनाउन आग्रह गरिएको छ।
नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ ।

हिजो काठमाण्डौ उपत्यकामा ६३ जनामा कोरोनाको भाइरस थप भएको छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाण्डौ जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् । यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार अहिले एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले अहिले ६३ जना क्वरेण्टीनमा रहेको जनाएको छ । अहिले निको हुने दर ९८ दशमलव ६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा एक जनाको ज्यान गएको छ । अहिलेसम्म तीन हजार २० जनाको कोरोनाबाट ज्यान गएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: