ट्रक र कार ठोक्किदा चितवनमा २ जनाको मृत्यु

चैत १२ । नारायणगढ मुग्लिन सडकको भरतपुर २९ दासढुँगामा ट्रक र कार ठोक्किदा दुई जनाको मृत्यु भएकोछ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा तनँहु जिल्ला स्याम्घा ४ बस्ने बर्ष २८ का धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिका बस्ने बर्ष ३१ का रामकृष्ण भुजेल रहेका छन् ।

No description available.
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आईचर ट्रक र बिपरित दिसाबाट आई रहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाएको हो । दुर्घटनापछि कारमा सवार चालक सहित ५ जना घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ ल्याउदै गर्दा २ जनाको बाटोमा नै मृत्यु भएको थियो भने २ जना को अबस्था गम्भीर रहेको छ ।

गम्भीर घाइतेहरु कार चालक जिल्ला लम्जुङ मध्यनेपाल नगरपालिका ७ बस्ने बर्ष ४२ को पदम सापकोटा र जिल्ला स्याङजा बिरुवा गाउँपालिका ३ बस्ने बर्ष ४२ को प्रसाद थापाको र मध्यम अवस्था रहेका तनहुं ब्यास न।पा। ६ बस्ने बर्ष ४० को जसमान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहको छ । दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: